इटालीले बनायो कीर्तिमानी ३७ खेलको अपराजित यात्रा

काठमाडौँ । युरोपको विश्वकप छनौट खेलमा इटालीले लिथुआनियामाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इटालीले लिथुआनियालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

इटालीका लागि मोइज कीनले २ गोल गरेका थिए भने गिअकोमो रास्पाडोरी र गिओभानी डी लोरेन्जोले एक एक गोल गरेका थिए । त्यस्तै लिथुआनियाका एडगारसले एक गोल आत्मघाती गरेका थिए । यो जित पछि इटालीले लगातार ३७ खेलमा अपराजित हुदै विश्व फुटबलमा नयाँ किर्तिमान बनाएको छ । इटालीले खेलेका ३७ खेलमा २८ खेल जितेको छ भने ९ खेल बराबरी भएका छन् ।

त्यस्तै इटालीले पहिलो पटक यस खेलमा ३० मिनेटमा ४ गोल गरेर राष्ट्रिय टिमको नयाँ रेकर्ड समेत बनाएको छ । यो जितपछि इटाली युरोपको विश्वकप फुटबल छनौटमा समुह सी मा ६ खेलमा ४ जित र २ बराबरीसहित १४ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै लिथुआनियाको भने विश्वकप छनौटमा यो लगातार पाँचौ हार हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री