काठमाडौं । तीजको अवसरमा सानिमा बैंकले ग्राहकहरूका लागि विशेष योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ, मेरो सेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट प्रदान गर्ने बैंकले जनाएको छ ।
यसका साथै पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा ५०० सम्मको क्यास ब्याक प्रदान गर्ने बैंकले जनाएको छ । यसका साथै ५०० बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउने र अमेरिकी डलर ईकार्ड निःशुल्क जारी गर्ने बैंकले जनाएको छ ।
यो योजना भदौ ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्ने महिला ग्राहकहरूका लागि उपलब्ध रहेको छ । सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ । उक्त कोष अन्तर्गत हाल पाटन अस्पतालबाट निम्न आर्थिक अवस्था भएका महिलाहरूकाे उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराइँदै आएको बैंकले जनाएकाे छ ।




