काठमाडौं । वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको ८५ वर्षको उमेर निधन भएको छ । सोमबार बिहान साढे सात बजे आफ्नै निवास काठमाडौंको कालिकास्थानमा भट्टको निधन भएको साहित्यकार मातृका पोखरेलले जानकारी दिए । उनी विगत चार-पाँच वर्षदेखि अल्जाइमर रोगबाट पीडित थिए ।
प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष समेत रहेका भट्टका अढाइ दर्जन जति कृति प्रकाशित छन् । वि.सं. १९९० सालमा बैतडीमा जन्मिएका भट्टले नेपालको बामपन्थी कम्युनिष्ट आन्दोलनमा समेत ठूलो योगदान पुर्याएका छन् । भट्टको पार्थिव शरीरको केहीबेरपछि पशुपति आर्यघाटमा अत्यष्टि गर्ने तयारी छ । उनका श्रीमती, दुई छोरा र छोरी छन् ।
तपाईंको प्रतिकृया




