खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका श्रीमानले गरे आत्महत्या

काठमाडौँ । भोजपुरमा एक पुरुषले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शनिबार षडानन्द नगरपालिका –९ तालखर्कका ४० वर्षीय बुद्दीमान राईले आफ्नै श्रीमती २८ वर्षीया ईन्द्रकला राईको ढाडमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

त्यसपछि उनले आफूले पनि रुखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार घटनास्थलमा आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ वर्षीय छोराले स्थानीयलाई खबर गरेका थिए ।

स्थानीयबासी घटनास्थलमा पुग्दासम्म दुबै जनाको मृत्यु भइसकेको बताइएको छ । घटनाबारे ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङले थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री