काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन स्थिर रहदै प्रतितोला ९१ हजार ६०० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि छापावाला सुन तोला ९१ हजार १ सयमा नै कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रहेको छ । त्यसैगरी चाँदीको मूल्यमा भने वृद्धि भएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलाको १२१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




