विश्वमा पहिलोपल्ट हरिणमा कोरोना संक्रमण

काठमाडौं । अमेरिकी सरकारले विश्वमा पहिलो पटक हरिणमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । अमेरिकी कृषिविज्ञान विभागले ओहिओ प्रान्तमा जङ्गली जनावर हरिणको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

यद्यपि, हरिणमा कोरोनाको कुनै लक्षण नरहेको अधिकारीलाई उद्दृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । यसअघि कुकुर, बिरालो, बाघ, सिंह, हिमचितुवा, गुरिल्ला, लोखर्केमा कोरोना संक्रमण पुष्टि भइसकेको रोयटर्सले उल्लेख गरेको छ । विश्वभर मान्छेसँग नजिक भएका जनावरमा संक्रमण देखिने गरेको पनि बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री