काठमाडाैँ । ज्योति विकास बैंकले वीरेन्द्रनगर सुर्खेत, पिपल चौतारा वडा नम्बर ६ स्थित श्री जननमुना माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत आर्थिक सहयोग प्रदान गरेको छ।
समुदायमा व्यवस्थित ढंगले शुद्व पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागी बैंक एक लाख पचास हजार बराबरको आर्थिक सहयोग गरेको हाे ।
विद्यालयमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट सुर्खेत शाखाका शाखा प्रबन्धक जिवन जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद कोइराला, प्रध्यानाध्यापक यामबहादुर श्रेष्ठ र वीरेन्द्रनगर वडा नम्बर ६ सुर्खेत का वडा अध्यक्ष मोतीप्रसाद कंडेलको उपस्थिति रहेको बैंकले जनाएकाे छ ।
तपाईंको प्रतिकृया




