कुलमानविरुद्धको मुद्दा प्रधानन्यायाधीश राणाको इजलासमा

काठमाडौँ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनः नियुक्ति दिइएको विरुद्ध परेको मुद्दाको सुनुवाइ आज हुँदै छ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाएको दावी गर्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । शाक्यले दायर गरेको रिट निवेदनको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा राखिएको हो ।

रिट निवेदनमा शाक्यले आफ्नो कार्यकाल बाँकी छँदै सरकारले बीचमै अन्यायपूर्वक हटाएको र घिसिङलाई पुनःनियुक्ति दिएको उल्लेख गर्दै पुनः आफैंलाई त्यस पदमा थमौती गर्न माग गरेका छन् । गत साउन २५ गते बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई प्राधिकरणमा पुनःनियुत्तिः र शाक्यलाई ऊर्जा आयोगमा विज्ञका रूपमा नियुक्ति दिने निर्णय गरेको हो ।

उनको रिट निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको थियो । तर त्यस दिन हेर्न नभ्याइनेमा राखेर आजका लागि सुनुवाइ पेसी सारिएको थियो । यसअघि घिसिङको कार्यकाल सकिँदै गर्दा ओली सरकारलाई पनि घिसिङको कार्यकाल थप्न जनस्तरबाट दबाब परेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य