ट्याङकर र मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडाैँ । सुनसरीको इटहरी उपमहानगपालिकाऔ२० स्थित पानीपियामा गए राति ट्याङकर र मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल सवार विराटनगरऔ१४ का २० वर्षीय सफल राजवंशी रहेका छन् । उनको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटसाईकल सवार अविनाश राजवंशी घाइते भएका छन् । उनको धरानमै उपचार भैरहेको छ । ठक्करपछि आगो लागेको मोटरसाइकल जलेर नष्ट भएको छ । मोटरसाइकल पूर्ण रूपले नष्ट भएका कारण नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्याङ्कर चालक इटहरी–४ का २८ वर्षीय थुलमान राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य