माओवादी केन्द्र स्थायी कमिटीको बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

माओवादी स्थायी कमिटीको बैठक शनिबार पनि बसेको थियो । बैठकमा नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायत सांगठनिक कामलाई टुङ्गो लगाउने गरी छलफल शुरु गरिएको थियो ।

आज बस्ने बैठकमा टुङ्गो लगाउने गरी नेताहरूको कार्य विभाजन, आउँदो पुस ११-१३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल शुरु गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री