रौतहटका युवकको भारतमा गोली हानी हत्या

काठमाडाैँ  । रौतहटको परोहा नगरपालिकाका एक युवकलाई भारतको विहार स्थित पुर्वी चम्पारण जिल्ला अन्तर्गत चम्पापुर बखरीमा गोली हानेर हत्या गरिएको छ । जिल्लाको परोहा नगरपालिका वडा नं.३ बसन्तपटी गाउँ बस्ने वर्ष ४५ का विन्दवासनी सहनीलाई शुक्रवार गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

उनको शव पुर्वी चम्पारण जिल्लाको चम्पापुर बखरी स्थित सडक किनारको धान खेतमा फेला परेको हो । नेपाली युवक सहनीको घाँटी, कन्चटमा गोली हानेर हत्या गरिएको छ । सहनीको शवसँगै उनले प्रयोग गरेको मोटरसाइकल समेत बरामद भएको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री