महालक्ष्मी विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङ प्रालिसँग सम्झौता गरेको छ ।

उक्त सम्झौताअनुसार सिप्रदी ट्रेडिङ प्रालिबाट ग्राहकले टाटा ब्रान्डका गाडी खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकलाई अधिकतम ५ वर्षका लागि कर्जा उपलब्ध गराउनुका साथै ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिनेछ ।

देशका १०३ वटा शाखाबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका सम्पूर्ण शाखाबाट यो सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविधालय सँग सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि …

प्रतिकृया दिनुहॊस