देउवाले नेपालसँग मागे मन्त्री हुनेहरुको नाम

काठमाडाैँ । नेकपा एमाले समाजवादी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपाल सरकारमा सहभागी हुने भएका छन् । बुधबार निर्वाचन आयोगमा नेकपा एमालेबाट छुट्टिएर नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालले बिहीबार विहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।

यो भेटघाटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए । यी तीन नेताले बिहीबारको भेटमा सरकारका आगामि कदमबारे छलफल गरेका थिए । यतिमात्र होइन, नेपाल समूह सरकारमा सहभागी हुने विषयमा पनि यो भेटमा छलफल भएको थियो ।

यही भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई अब सरकारमा सहभागी हुनेहरुको नाम माग गरेका छन् । ‘उहाँहरु सरकारमा आउने निश्चित हो, त्यसैले दल दर्ता प्रक्रिया सकिएलगत्तै सरकार विस्तार हुने भएकाले देउवाले नेपालसँग मन्त्रीहरुको नाम माग्नु स्वभाविक हो,’ कांग्रेसका एक नेताले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मर्ने क्रममा २६ वर्षीय विकासको मृत्यु

काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी …

प्रतिकृया दिनुहॊस

This will auto close after