एमालेका ९ नेताको विज्ञप्ति: १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुट्यो

काठमाडौँ । नेकपा एमालेका ९ जना नेताले संयुक्त विज्ञप्ति जारी गर्दै १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष निकालेका छन् ।

एमालेका नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले विहिबार राति एक विज्ञप्ति निकालेर १० बुँदे प्रस्ताव कार्यान्वयन पार्टी एकताको बलियो आधार रहेको दाबी गरेका हुन् ।

साथै विज्ञप्तिमा देउवा नेतृत्वको सरकारले जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशले एमालेमा मात्र संकट आउने नभई यसले सम्पूर्ण राजनीतिक पार्टीमा प्रभाव पार्ने र राजनीतिक अनिश्चयको दलदलमा फस्ने भन्दै अध्यादेश तत्काल फिर्ता गर्न माग गरिएको छ ।

साथै उनीहरुले एमालेले १४ सांसदलाई गरेको कारवाही फिर्ता लिन र माधव नेपालले दल दर्ताका लागि दिएको निवेदनबाट पछि हटन अपिल गरेका छन् । यसअघि विहिबार ९ नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपनि सो छलफल सकारात्मक नभएको बुझिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री