कक्षा ११ र १२ का विद्यार्थीले आजदेखि खोप लगाउन पाउने, कहाँ-कहाँ छन् केन्द्र ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) देखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ । महानगरले आजदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप दिन लागेको हो ।

यस्तै आजदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने महानगरले जनाएको छ । महानगरका अनुसार खोप अभियान महानगरका ३२ वटै वडामा भदौ ४, ५, र ८ गते सञ्चालन हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री