एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादी

काठमाडौं । माधवकुमार नेपालले नयाँ नेताहरुलाई लिएर नेकपा एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । नेपालको नयाँ दलमा ९५ जना केन्द्रीय सदस्य छन् । जसमा ५८ जना नेकपा एमालेका छन् । पार्टी विभाजनको निर्णायक मोडमा नेता नेपालले पुराना नेताहरुको साथ गुमाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदादेखि नै माधव नेपाल समूहका नेताहरु केपी शर्मा ओलीविरुद्ध कडा टिप्पणी गरिरहेका हुन्थे । तत्कालीन प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीको राष्ट्रियतामाथिको प्रतिवद्धतामा सबैभन्दा कडारुपमा प्रश्न उठाउने व्यक्ति थिए- भीम रावल । रावलले खास गरी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता गरेको र देशमा लागु गर्न खोजेको विषयलाई लिएर उनले केपी शर्मा ओलीलाई राष्ट्रघातीको संज्ञा दिएका थिए ।

केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि समेत सरकारलाई एमसीसी के गर्नु हुन्छ भन्दै प्रश्न उठाएका छन् । तर, त्यसको कट्टरविरोधी उनै भीम रावल ओलीसँगै रहने गरी माधव नेपालको साथ छोडेका छन् । माधव नेपालका विश्वास पात्र भएर ओलीसँग वार्ता गर्न गएकाहरुको समूहले नै साथ छाडेको छ । नेपाललाई स्थायी कमिटी सदस्यद्वय मुकुन्द न्यौपाने र बेदुराम भुसाल बाहेक स्थायी कमिटीमा रहेका सबैले साथ छोडेका छन् ।

त्यसरी साथ छोड्नेमा रावलपछि ओलीको चर्को विरोधीका रुपमा देखिएकी अर्की नेतृ हुन् अष्टलक्ष्मी शाक्य छिन् । उनी केपी ओली पक्षबाट बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भइसकेकी छिन् । ‘अष्टलक्ष्मी शाक्य यो स्तरको अवसरवादी हो भनेर यसअघि अनुमानसम्म पनि गरिएको थिएन’, नेपालतर्फका एक केन्द्रीय सदस्यले भने, ‘वडा वडाबाटै प्रतिरोध गरेर ओलीलाई अन्तिम धक्का दिन्छौं भन्नु भएको थियो, एकैपटक ओलीको टिममा गएर मुख्यमन्त्री खानु भयो ।’

उनले शाक्यलाई नेपाल समूहले नै मुख्यमन्त्री बनाउने गृहकार्य गरेको भन्दै ओली समूहको असहयोगबाट पाखा परेकी शाक्य अहिले ओलीकै समूहमा रहेको भन्दै ती नेताले कडा टिप्पणी गरे । ‘ओलीको ललिपपमा उहाँ फस्नुभयो, उहाँ मुख्यमन्त्री बन्नु त भयो तर त्यो पद उहाँका लागि दुई दिनको घाम छायाँ हुनेछ’, ती केन्द्रीय सदस्यले भने, ‘अब त्यहाँ पनि पार्टी फुटको असर पर्नेछ । शाक्य अल्पमतको संसदीय दलको नेतामा सीमित हुनपर्ने अवस्था छिट्टै आउँछ ।’

शाक्यले अवसवादी चरित्र देखाएपछि श्रीमान् अमृत बोहोरा पनि नेपाल समूहबाट बाहिरिएका छन् । एमालेको अनुशासन आयोगका अध्यक्ष समेत रहेका बोहोराले नेकपा छँदैदेखि नेपाललाई साथ दिएका थिए । तर अन्त्यमा उनले पनि नेपाललाई साथ छोडेर धोका दिएको नेपाल निकट एक नेता बताउँछन् । ओलीविरुद्ध समानन्तर संगठन देशभर बनाउन दौडिने नेता हुन् सुरेन्द्र पाण्डे । नवौं महाधिवेशनमा नेपालको प्यानलबाट महासचिव उमेदवार रहेका पाण्डेले नै धेरै जिल्लामा पुगेर ओलीविरुद्ध समानान्तर संगठन निर्माण गरेका थिए ।

जिल्ला अध्यक्षमा बहुमतमा रहेका नेपाल समूहको संगठनको उपयोगमा सबैभन्दा धेरै खुलेर दौडिएका उनी अन्त्यमा नेता नेपाललाई साथ दिन सकेनन् । उनी नेपालको अलग पार्टी निर्माण गर्ने निर्णयमा असहमत भए र नेपालको साथ छोडेर अलग्गै बसेका छन् । यद्यपी उनले रावलले झैं ओलीलाई साथ दिने संकेत गरिसकेका छैनन् । पार्टीको कारवाही फिर्ता गराउन दौडधुप गरिरहेका घनश्याम भुसालले पनि नेपाललाई साथ दिएनन् । फरक दल दर्ताको प्रक्रियाका लागि अन्तिम सयममा नेपालले राखेको बैठकमा समेत पुगेका भुसाल केहीबेरमा आउने भन्दै बाहिरिएपछि नेपालको सम्पर्कमा छैनन् ।

ओलीका कट्टर विरोधी अनि वैचारिकरुपमा प्रष्ट तथा हक्की स्वभावका भनिएका भुसाल अहिले ओली टिममा पनि खुलेका छैनन् । नेपाललाई धोका दिने नाममा रघुजी पन्तको पनि नाम भन्नुपर्दा आश्चर्य लागेको एक नेताले बताए । माधव नेपालको नजिक रहेका अर्का नेता हुन् रघुजी पन्त । नेपालका नजिकका विश्वास पात्र रहेका पन्तले पनि साथ नदिएको नेताहरु बताउँछन् ।

अहिले माधव नेपाललाई धोका दिने तिनै नेताहरु हुन् जसले नेकपा कायम नै रहेका बेला ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेका थिए । त्यसमध्येका योगेश भट्टराई र गोकर्ण विष्टले यसअघि नै ओलीको विकल्प खोज्ने प्रस्तावमा हस्ताक्षर नगरेर आफूलाई अलग गरिसकेका छन् । माधव नेपालका तर्फबाट पार्टी एकताको वार्ता गर्दा गर्दै ओलीको पक्षमा पुगेका छन् भीम आचार्य ।

नेपाललाई साथ दिनेहरुको सूची

प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री