सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक सयले घटेर प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोला ९० हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १०० रहेको छ । त्यसैगरी चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री