काठमाडौं । नेपाल बङ्गलादेश बैंकले १०० औँ शाखाको रुपमा कञ्जनपुर जिल्लामा शाखा विस्तार गरेको छ ।
जिल्लाको बेलौरी नगरपालिका वडा नं ८ काे कलकत्तामा सो शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो ।
साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।
तपाईंको प्रतिकृया



