तेल बोकेको पानी जहाज दुइ टुक्रा भएपछि…

एजेन्सी । उत्तरी जापानमा हिडिरहेको पानी जहाज दुइ टुक्रा भएको छ । पानामामा दर्ता भएको पानी जहाज उत्तरी जापानको हर्बोरमा दुई टुक्रा भएपछि जहाजले बोकेको तेल समुन्द्रमा लिक भएको छ ।

जापानी कोष्ट गार्डका अनुसार जहाजमा रहेका ३९ चालक दलका सदस्य सुरक्षित रहेको र जहाजबाट लिक भैरहेको तेलसमेत नियन्त्रणमा आएको छ । पनि जहाजले ३९ हजार ९१० टन तेल बोकेको बताइएको छ ।

मौसम खराबीले गर्दा नजिकको पोर्टबाट ४ किलोमिटर टाढा रहेको सो जहाजलाई अहिले खालि गरिएको बताइएको छ । समुन्द्रमा लिक भएको तेल एक किलोमिटर चौडाईसहित ५.१ किलोमिटरसम्म फैलिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

काठमाडौँ । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको …

प्रतिकृया दिनुहॊस