बसबाट ओर्लिएर बाटो काट्दै गर्दा ट्याङ्करले ठक्कर दिंदा महिलाको गयो ज्यान

काठमाडाैँ । सप्तरीको शम्भुनाथ नगरपालिका–६, कठौनामा ट्यांकरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका–३ की ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको हो ।

ना ४ ख २८०० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्दै गरेकी उनलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख २४४१ नम्बरको ट्याङ्करले हिजो बेलुकी करिब पौने ९ बजे ठक्कर दिएको थियो ।

उपचारका लागि रुपनीस्थित युनिक अस्पताल पुर्‍याउना साथ गिरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ट्यांकरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री