काठमाडौँ । जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेका खोप शनिबार र आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १६ लाख डोज खोप आइतबारसम्म नेपाल आइपुग्ने भएको हो ।
जापानले नेपाललाई कोभिड-१९ विरुद्धका १६ लाख खोप अनुदानमा दिने घोषणा असारको अन्त्यतिर गरेको थियो । कोभिशील्डको पहिलो डोज लगाएकाहरुलाई चाडै दोस्रो डोज लगाइने पनि राज्यमन्त्री श्रेष्ठले उल्लेख गरेका छन् ।
जापान सरकारको सहयोगमा प्राप्त हुन लागेको १६ लाख अष्ट्राजेनेका खोप २३ र २४ गते काठमाडौँ आइपुग्दैछ । मानव जीवन रक्षा गर्ने पवित्र उद्देश्य सहितको यस सहयोगका लागि जापान सरकार र जापानी जनताप्रति आभार व्यक्त गर्दछु ।
1/2— Umesh Shrestha (@MohpStateMin) August 4, 2021
प्रतिकृया दिनुहॊस