जापानबाट १६ लाख अष्ट्राजेनेका खोप आइतबारसम्म आइपुग्ने

काठमाडौँ । जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेका खोप शनिबार र आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १६ लाख डोज खोप आइतबारसम्म नेपाल आइपुग्ने भएको हो ।

जापानले नेपाललाई कोभिड-१९ विरुद्धका १६ लाख खोप अनुदानमा दिने घोषणा असारको अन्त्यतिर गरेको थियो । कोभिशील्डको पहिलो डोज लगाएकाहरुलाई चाडै दोस्रो डोज लगाइने पनि राज्यमन्त्री श्रेष्ठले उल्लेख गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री