काठमाडौं ।शेयर लगानीकर्तालाई लक्षित गर्दै ज्योति विकास बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई लक्षित गर्दै नयाँ योजना ल्याएको बैंकले जनाएको छ ।
बैंकले शुन्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेको हो । बैंकका अनुसार यस बचत खातामा निक्षेपकर्ताहरुले नि:शुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क नि:शुल्क , मेरोसेयर रजिस्ट्रेशन शुल्क , नि:शुल्क सि-आस्वा, नि:शुल्क मोबाईल बैंकिंग सेवा, नि:शुल्क इन्टरनेट बैंकिंग सेवा , र नि:शुल्क डेबिट कार्ड सुविधा पाउने छन् ।
प्रतिकृया दिनुहॊस