काठमाडाैं । डिशहोमले मेलम्चीका बाढी पिडितलाई राहत सहयाेग गरेकाे छ ।
कम्पनीले मेलम्चीका ५ जना सव–डिलरहरुलाई जनही १ लाख रुपैया राहत स्वरुव सहयाेग गरेकाे हाे ।
कम्पनीले बाढीबाट अति प्रभावित सव–डिलर झलक बहादुर पण्डित, नेत्र बहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य र दिनेश बरुवाललाई राहत रकम प्रदान गरेकाे हो ।
उक्त राहत रकम डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले हस्तान्तरण गरेका हुन ।
तपाईंको प्रतिकृया




