काठमाडौं । टाटा मोर्टसको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड बीच अटो प्लसमा सम्झौता भएको छ ।
शिखर ईन्स्योरेन्सको प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिको तर्फबाट संस्थाका उपसभापति सौरव राज थपलिया र शिखर ईन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेद्वारा संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । यस अटो प्लसमा सम्झौतामा टाटा मोर्टस्द्धारा उत्पादित गाडीहरु जस्तै टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागु हुनेछ ।
यस अटो प्लस स्कीममा सवारी साधन दर्ता भएको मितिबाट ५ वर्ष सम्म लागु हुने कम्पनीले जनाएको छ । साथै यो स्कीम ब्यापक मोटर बिमा पोलिसीमा मात्र लागु हुनेछ । जस अन्तर्गत शुन्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर ३,००० र टाटा एस-टाटा इन्ट्राका लागि भाडादर १,५०० प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगाएतका फाईदाहरु रहेको जनाएको छ ।
यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ्ग प्रालिको आफुलाई पायक पर्ने नेपाल अधिराज्यभरिको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दावी गर्न सक्ने कम्पनीले जनाएको छ । अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकहरुलाई थप सहज हुने दुवै कम्पनीको दावी छ ।




