फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ उपहार योजना

काठमाडौं । फोन पे पेमेन्ट सर्बिस लिमिटेडले आफ्ना मर्चेन्टहरूलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै एकलाख’उपहार योजना सार्व जनिक गरेको छ । देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले उक्त योजना ल्याएको कम्पनीले जनाएको छ ।

यो योजना साउन १३ गतेदेखि तीन महिनासम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । यस योजनामा हरेक दिन क्यूआरमार्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट)ले हरेक दिन एक लाख रूपैयाँ जित्न सक्नेछन् ।

यस योजनामा सहभागी हुनका लागि फोनपे बिजनेसमा रजिष्ट्रर भएको हुनुपर्ने र उपहार योजनामा सहभागी हुन फोनपेमार्फत दैनिक भुक्तानी लिएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

यस योजनामा हरेक दिन विहान १२ बजे देखि राति ११ः५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुनेछन् । योजनाका विजेता लक्की ड्र मार्फत छनोट हुने र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोनपे बिजिनेसको फेसबुक लाइभमार्फत गरिने कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री