हुन्डाईको इलाईट आई २० २०१८ फेसलिफ्ट बजारमा

काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.ले बहुप्रतिक्षित इलाईट आई २० २०१८ फेसलिफ्ट नेपालमा ल्याएको छ । हुन्डाईको सबैभन्दा रुचाइएको यो मोडलले आफ्नो फिचरहरुमा अपग्रेड गरी ल्याएको छ ।

यो फेसलिफ्ट मोडल स्पोर्टस् र आस्ता भेरियन्टमा उपलव्ध छ । यो फ्रन्ट ग्रील भएको क्यासकेड डिजाइनमा रहेको छ । यसको फग् एवं हेडल्याम्पहरुका साथै डीआरएलएस पनि अपग्रेड गरिएको छ ।

यसको पछाडि पट्टि, लाइसेन्स प्लेट बम्परबाट टेलगेटमा सारिएको छ । बजारको हालको मागलाई मध्यनजर गरेर परिवर्तनहरुलाई झट्ट हेर्दा नदेखिने गरी बनाइएको छ, ताकि ब्राण्डको पहिलेदेखि रुचाइएको स्वरुप र प्रिमियम आवरणलाई उजार गर्न सकियोस् ।

सुरक्षाको मापदण्ड अनुरुप एबिएस र एअरब्याग यसको दुइटै भेरियन्टमा उपलब्ध छ । आस्तामा स्टेरिङ अनुकुल पछाडि देखिने क्यामराको साथ पछाडिको लागि पार्किङ सेन्सर पनि छ । उत्कृष्ट र सफा डिस्प्लेको लागि अझ राम्रो टच् भएको यसको इन्फोटेन्मेन्ट सिस्टम ७ इन्चमा अपग्रेट भएको कम्पनीले जनाएको छ ।

सन् २००९ मा स्थापित भएदेखि, लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो ग्राहकहरुलाई उच्च स्तरीय सेवा प्रदान गर्दै आएको छ । लक्ष्मी हुन्डाईले आफ्नो १३ डिलर र सर्भिस सेन्टर सहितको डिलर सञ्जालको मद्दतले नेपालभरि नै आफ्नो बलियो पकड जमाउन सक्षम देखिन्छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल वेयरहाउजिङ कम्पनीको कारोबार सञ्चालनमा

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले दुई अलग- अलग स्थानमा वेयरहाउजिङ्ग सञ्चालनमा ल्याएको छ । कम्पनीले …

प्रतिकृया दिनुहॊस

This will auto close after