भारतमा कोरोना : थप ४२ हजार १२३ संक्रमित, ४८९ मृत्यु

काठमाडाैँ । छिमेकी मुलक भारतमा पछिल्लो २४ घन्टामा थप ४२  हजार १२३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यसै गरी पछिल्लो २४ घन्टामा थप ४८९ संक्रमितले ज्यान गुमाएका छन् ।

यही अवधिमा ३६  हजार ८७०  जना संक्रमित निको भएका छन् । ४ लाख १३ हजार ६३०  जना सक्रिय संक्रमित रहेका छन् ।  भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ३ करोड ३  लाख ९० हजार ६६७  जनामा संक्रमण पुष्टि भइसकेको छ भने ४ लाख ७  हजार १३९  जनाले ज्यान गुमाइसकेका छन् ।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री