महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ०७८ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी सामान्य बढेको छ भने खुद नाफा ७१ प्रतिशत बढेको छ।त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी समीक्षा अवधिमा १.५० प्रतिशत मात्र बढेको छ भने खुद फि तथा कमीशन आम्दानी १०.१० प्रतिशत र सञ्चालन मुनाफा ६७.७९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८.८० प्रतिशत बढेको छ भने जगेडा कोष २६.१३ प्रतिशत बढेको छ। त्यस्तै बैंकको निक्षेप गत १ वर्षमा ४.४१ प्रतिशत र कर्जा २.२७ प्रतिशत बढेको छ।
प्रतिकृया दिनुहॊस