एनआईसी एशियामा १:१० मिनेटमै अनलाइन खाता खोल्ने विजेतालाई आईफोन–१२,

काठमाडाैँ ।एनआईसी एशिया बैंकले आमजनमानसलाई घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरेको Online Account Opening Challenge प्रतियोगिताअन्तर्गत सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापा आइफोन–१२ जित्न सफल भएकी छन्।गत जेठ २३ देखि असार १९ गतेसम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल १५८ जना योग्य सहभागीमध्ये सबैभन्दा कम अर्थात १ मिनेट १० सेकेन्डमै खाता खोली थापाले आईफोन–१२ जितेकी हुन्। उक्त योग्य सहभागीहरूले बैंकको वेबसाइटबाट खाता खोल्ने, अनलाइन खाताको स्टेप १ देखि Submitted सम्मको प्रक्रिया देखिने गरी Screenshot सेयर गर्ने,

प्रतियोगिता अवधिभर बैंकको आधिकारिक फेसबुक पेजमा रहेको Pinned पोष्टको कमेन्टमा ChallengeAccepted लेखि आफ्ना ५ जना साथीलाई Tag गरी उक्त Screenshot पोष्ट गर्ने, उक्त Pinned पोष्टलाई आफ्नो टाइमलाइनमा # GharBata iOnline Khata तथा #NICASIABANK उल्लेख गरी सार्वजनिक रुपमा सेयर गर्ने र यस बैंकको फेसबुक पेज र उक्त Pinned पोष्टलाई लाइक गरेपश्चात यस प्रतियोगितामा सहभागी भएका थिए।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘वेस्ट बैंक अवार्ड’

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको वेस्ट बैंक अवार्ड २०२४ बाट सम्मानित …

प्रतिकृया दिनुहॊस