बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

विराटनगर। बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका २ जना फरार प्रतिवादीलाई पक्राउ गरि सम्बन्धीत अदालतमा उपस्थित गराईएको छ ।
बैकिङ कसुर मुद्धामा  जिल्ला अदालत सुनसरीको २०७७/१०/२६ गतेको फैसलाले ३ दिन कैद र १ लाख ५२ हजार जरिवाना फैसला भएका रामधुनी नगरपालिका-८ का ३३ बर्षीय दिवस कुमार चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैगरी कर्तव्य ज्यान मुद्धामा  जिल्ला अदालत चितवनको २०७७/१०/१२ गतेको फैसलाले १६ बर्ष ८ महिना कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी बुढानिलककण्ठ-४ काठमाण्डौका १९ बर्षीय पासीकोट गुरुङलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आईतवार सुनसरीको तरहराबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी सम्बन्धीत जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नीति तथा कार्यक्रम र १६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषदबाट पारित

काठमाडौं । मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको …

प्रतिकृया दिनुहॊस