काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । आइतबार साँझ संसदबाट विश्वासको मत प्राप्त गरेपछि ट्विट गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारतबीचको सम्बन्धलाई अझ सशक्त बनाउन काम गर्न प्रतिक्षारत रहेको बताएका छन् ।
‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफल कार्यकालको कामना। सबै क्षेत्रमा रहेको अद्वीतीय साझेदारीलाई अझ मजबुत बनाउनका लागि तपाईसँग काम गर्न प्रतिक्षारत छु र जनता जनताबीचको गहिरो सम्बन्धलाई सशक्त बनाउनु छ’ मोदीले भनेका छन् ।
प्रधानमन्त्री नियुक्त हुने वित्तिकै देउवालाई मोदीले बधाई नदिएको विषयलाई चासोका साथ हेरिँदै आएको थियो । आइतबार प्रतिनिधिसभा भएको मतदानमा प्रधानमन्त्री देउवाको पक्षमा १ सय ६५ मत परेको थियो ।
Congratulations Prime Minister @DeubaSherbdr and best wishes for a successful tenure. I look forward to working with you to further enhance our unique partnership in all sectors, and strengthen our deep-rooted people-to-people ties.
— Narendra Modi (@narendramodi) July 18, 2021



