नेपाल टेलिकमले भन्यो- ‘सर्भर ह्याक भएको छैन’

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो सर्भरमा कुनै पनि ह्याक नभएको जनाएको छ । केही दिनयता ह्याकर समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरिएको जस्ता खबर सार्वजनिक भएपछि कम्पनीले शङ्कास्पद डिभाइस बन्द गरेर छानबिन सम्पन्न गरेको थियो ।

टेलिकमले एक विज्ञप्ति जारी गर्दै छानबिनबाट ह्याक भएर कुनै पनि डाटा चोरी भएको नदेखिएको जनाएको हो । ‘कम्पनीका सम्बन्धित विज्ञबाट विस्तृत छानबिनपश्चात् कम्पनीको कुनै पनि डाटा चोरी नभएको र समाचारमा उल्लेख गरिएको दाबीमा कुनै पनि सत्यता नरहेको निष्कर्ष निकालिएको वास्तविकता ग्राहकवर्गमा जानकारी गराउन चाहन्छौँ’, टेलिकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न कम्पनीले सुरक्षात्मक संयन्त्र अपनाउँदै आइरहेको र आगामी दिनमा समेत ग्राहकका विवरण सुरक्षित राख्नका लागि कम्पनी प्रतिबद्ध रहेको टेलिकमले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस