प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार प्रवेश

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । शुक्रबार बिहान ९:५७ बजेको साइतमा बालुवाटार सरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा आफ्नै निवास बुढानिलकण्ठमा बस्दै आएका थिए । सरकारबाट बहिर्गमन भएका केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्रीको सरकार निवास बालुवाटार छोडेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप