काठमाडौं । मनसुनी वायुका कारण आज (शुक्रबार) देशका धेरैजसो भू–भागमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज देशका पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
भोलिदेखि मनसुन थप सक्रिय हुने जनाइएको छ ।आ विहानैदेखिको वर्षाका कारण नारायणी र यसका सहायक नदीहरु त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीलगायतमा पानीको बहाव बढ्ने मौसमविदले बताएका छन् । केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाकाली, पश्चिम राप्ती, तिनाउ जलाधारका सहायक नदीहरुमा पनि बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । आज कोशी, कर्णाली र यसका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुनेछ । यस्तै, कन्काई, कमला, वागमती, पूर्वी राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सबैमा सतर्कता तहभन्दा तलै रहने जनाइएको छ ।
यस्तो छ आज बाढीको पूर्वानुमान





