बैकिङ कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ

विराटनगर । बैकिङ कसुर मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहेका १ जना फरार प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरिएको छ ।
ईटहरी उप-महानगरपालिका-९ का ३६ बर्षीय माधव रिसाललाई बैकिङ कसुर मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको २०७७/१०/२६ गतेको फैसला आदेशले ३ दिन कैद र रु.२,२६०००/- जरिवाना फैसला भएको थियो । जरिवाना तथा कैद फैसला भएता पनि हाल सम्म फरार रहदै आएका रिसाललाई १ नम्बर प्रदेश प्रहरी कार्यालयको प्रहरी टोलीले ईटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सम्मानित सुनसरी जिल्ला अदालत सुनसरीमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागी क्षेत्रीय कारागार झुम्का पठाईएको  प्रहरीले जनाएको छ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री