कामना सेवा विकास बैंकको ऋणपत्र बिक्री गर्ने

काठमाडाैँ । कामना सेवा विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । निष्कासन गर्न लागेको ऋणपत्र बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

कामना सेवा विकास बैंक र एनआइबिएल एस क्यापिटलबीच सम्झौता भइसकेको बैंकले जनाएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र एनआइबिएल एस क्यापिटलका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

बैंकले १ हजार अंकित दरका कुल १० लाख एकाइको ‘९५ केएसबिबिएल डिबेन्चेर २०८८’ नामक ऋणपत्र जारी गर्नेछ । यस बैंकको संस्थापकमा सरकारी सेवा, विभिन्न संघसंस्थामा आबद्ध व्यवसायी संलग्न छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री