तेह्रथुम पावरले साउन ५ गतेदेखि आइपिओ निष्काशन गर्ने

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडाैँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको वताएकाे छ।

 सेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा साउन १९ गते हुनेछ । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ २ गतेसम्म लम्बिनेछ।

आइपिओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको कम्पनीले वताएकाे छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सो सेयर खरिदका लागि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरी खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सकिने कम्पनीका प्रबन्ध निर्देशक माेहन कुमार डाँगीले जानकारी दिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री