प्रभु इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला

काठमाडौं ।प्रभु इन्स्योरेन्सले चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । साउन १० गतेसम्म निष्काशन खुला हुने सेयरमा जेठ १३ गतेसम्म कायम सेयरधनीले  आवेदन दिन पाउनेछन् ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३१ करोड ६६ लाख ६७ हजार सात सय ६३ रुपैयाँ बराबरको ३१ लाख ६६ हजार छ सय ७७ दशमलव ६३ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।  धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । प्रभु क्यापिटलको कार्यालय कमलादीबाट पनि हकप्रदमा आवेदन गर्न पाइने व्यवस्था रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री