ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता

काठमाडों । ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघबीच सहकार्यको लागि सम्झौता भएको छ । महासंघमा आवद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरूलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुईपक्षबीच सम्झौता भएको हो ।

आइतबार बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र महासंघकातर्फबाट अध्यक्ष रीता सिम्हाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकले महासंङमा आबद्ध व्यवसायी तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरू र सहज वित्तीय सेवाहरू प्रदान गर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री