यी जिल्लामा आज बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । मनसुनी वायुका कारण आज पनि देशका धेरै भू-भागमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज देशका चार प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

बर्षाका कारण आज कर्णाली र महाकाली नदीका सहायक नदीहरुमा पानीको बहाव केही बढ्ने छ । तर, सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । आज तिनाउमा पनि बहाव केही बढ्ने जनाइएको छ । कोशी, नारायणी र यसका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायतमा बहाब सामान्य घटबढ हुने तर सबैमा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री