संसद् विघटन मुद्दा: आज फैसला आउन सक्ने !

काठमाडाैँ । दोस्रो पटक गरिएको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आज फैसला आउने सम्भावना छ  ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै जेठ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सो रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा असार ९ गतेदेखि २१ गतेसम्म बहस चलेको थियो । इजलासमा सबै पक्षको गरी ३४ घण्टाको बहस भएको थियो ।

२१ गते बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २८ गते फैसला सुनाउने जानकारी दिएका थिए । देशको राजनीति कता जाने भन्ने निर्णय सर्वोच्च अदालतको यसै फैसला निर्धारण गर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री