एनएमबिका ग्राहकलाई फुडमाण्डु, ग्यापु, स्टपग्य्राब र किरानामा क्यास ब्याक

काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई फुडमाण्डु लगायतका स्टोरहरुमा समान किन्दा विद्युतिय भुक्तानी गर्दा क्यास ब्याक उपलब्ध गराउने भएको छ ।

फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट मनपर्ने खाना अर्डर गर्दा तथा आवश्यक सामग्रीहरू अनलाइन अर्डर गर्दा १० प्रतिशतदेखि पाँच सय रुपैयाँसम्म क्यास ब्याक गर्ने सम्झौता भएको हो । बैंकले ग्राहकहरुको आकर्षणका लागि यस्ता सुविधाहरु प्रस्तुत गरेको जनाएको छ ।

छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनएमबी भिसा कार्ड डिसकाउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने बताइएको छ । बैंकले हाल देशभर १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री