लगानीकर्ताका लागि एनआईबीएल एस क्यापिटलले ल्यायो नयाँ योजना

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन सेवाअन्तर्गत आफ्ना लगानीकर्ताहरुका लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ ।

नेपालमै पहिलोपटक अप्रत्यासित रुपमा हुने दुर्घटनाका कारण पर्नसक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना ल्याएको कम्पनीले जानकारी दिएको छ ।

‘यस योजनाअन्तर्गत व्यवस्थित लगानी व्यवस्थापनका साथै लगानीकर्ताहरुलाई पाँच लाख रुपैयाँसम्मको दुर्घटना बिमा प्रदान गरिनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिइने र परिवारको पाँच जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो सेयर खोलिने कम्पनीले जनाएको छ ।

यस्तै पहिलोपटक थैली एप डाउनलोड गर्दा १०० रुपैयाँको टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँचजस्ता सुविधा दिइने कम्पनीको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री