काठमाडाैँ । नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । प्रति ताेलामा १०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे सुनकाे मूल्य ९२ हजार ३०० रुपैयाँ थियाे ।
तेजावी सुनकाे मूल्य प्रति ताेलामा ९१ हजार ९०० रुपैयाँ ताेकिएकाे छ । सुनकाे मूल्य बढ्दा चाँदीकाे भने घटेकाे छ । प्रति ताेलामा ५ रुपैयाँ घटी एक हजार ३०५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
तपाईंको प्रतिकृया




