काठमाण्डौ । नेपालकै पहिलो खुलामुखी योजना एनआईबिएल सहभागिता फण्ड सञ्चालनको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित यस योजनाले नेपालकोे पुँजी बजारमा खुलामुखी योजानाको परिचय दिन सफल भएको कम्पनीले वताएकाे छ।
याे खुलामुखी योजनाले संचालनको पहिलो आर्थिक वर्ष २०७६/२०७७ मा नै आफ्ना इकाइधनीहरुका लागि ८.२५ प्रतिशत नगद लाभांशसमेत प्रदान गर्न सफल भएका थिए । रु १० अंकित मूल्य रहेको याे योजनाको २०७८ साल असार २२ गतेको दिनको तथ्यांकअनुसार प्रतिइकाइ खुद मूल्य रु १७.२१ पुगेको छ भने योजानाको आकार ३१.४२ करोड पुगेको छ।
योजना व्यवस्थापक एनआईबिएल एस क्याप्टिल लिमिटेडले एनआईबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा लगानीकर्ताहरुलाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउने योजाना गत आइतबार असार २० गतेदेखि विहीवार असार २४ गतेसम्मका लागि ल्याएको थियो। तसर्थ यस योजनामा हालसम्म सहभागी नभएका लगानीकर्तालाई हिजाे योजनाको अन्तिम दिन अपराह्न ३ बजेसम्ममा सहभागी हुनसमेत एनआईबिएल एस क्याप्टिल लिमिटेडलले अनुरोध गरेको थियाे।
थप जानकारीका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडको वेबसाइट www.niblcapital.com तथा मुख्य कार्यालय (फोन नम्बर ०१४४२५२८०) मा सम्पर्क गर्न सकिने बैंकले जनाएकाे छ ।




