काठमाडौं । मनसुनी प्रभावका कारण आज देशभर वर्षाको सम्भावना छ । वर्षा जारी रहेकाले नदी तथा खोलाहरुमा बाढीको जोखिम पनि कायमै रहेको हो ।
आन कन्काई जलाधारका स-सना सहायक नदीहरुमा पानीको बहाव केही बढ्ने र केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । बिहानको मापनानुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, उदयपुर, मकवानपुर, सिन्धुली, कास्की, स्याङ्जा, नवलपुर, परासी, रुपन्देही, गुल्मी, बर्दिया, डोटी, अछाम, बैतडी, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

तपाईंको प्रतिकृया




