काठमाडौं । ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउन समझदारी भएको छ । समझदारी पत्रमा बैंकको नौकुण्ड शाखा प्रबन्धक रमेश पनेरु र गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकले गाउँपालिकाको विभिन्न ठाउँहरूमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरूको उत्पादन गर्ने कृषकहरूलाई गाउँपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने गाउँपालिकाले साना किसानहरूलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।
तपाईंको प्रतिकृया




