काठमाडौँ । भारतमा दैनिक कोरोना संक्रमण हुनेको संख्या घटिरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ७३८ जनाको मृत्यु भएको छ ।
त्यस्तै २४ घण्टामा ४४ हजार १११ संक्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोनाबाट ४ लाख एक हजार ५० जनाको मृत्यु भएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म कुल संक्रमित संख्या ३ करोड ५ लाख २ हजार ३६२ पुगेको छ भने अहिले भारतमा ४ लाख ९५ हजार ५३३ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५७ हजार ४७७ संक्रमण मुक्त भएका छन् । भारतमा अहिलेसम्म २ करोड ९६ लाख ५ हजार ७७९ संक्रमण मुक्त भएका छन् ।
त्यसैगरी भारतमा अहिलेसम्म ३४ करोड ४६ लाख ११ हजार २९१ जनाले कोरोनाको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकरी दिएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ४१ करोड ६४ लाख १६ हजार ४६३ नमुना परिक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १८ लाख ७६ हजार ३६ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।




