डेढ सय होटल तथा रेस्टुराँले पाए २१ अर्बबढी पुनरकर्जा, कुन होटललाई कति ? लिष्टसहित

काठमाडौं । सरकारी ब्याज अनुदानमा १ सय ४९ वटा होटल, रेस्टुराँ तथा रिसोर्टले पुनरकर्जा सुविधा उपयोग गरेका छन् । चालु आर्थिक वर्षको असार १५ गतेसम्म होटल, रेस्टुराँ तथा रिसोर्टले २१ अर्ब ३ करोड ७५ लाख रुपैयाँ पुनरकर्जा सुविधा लिएका हुन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो अवधिमा कुल १ खर्ब ४८अर्ब १३ करोड रुपैयाँ पुनरकर्जा राष्ट्र बैंकले ग्राहक ऋणी मूल्यांकनका आधारमा र विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत् एकमुष्ट रुपमा प्रवाह भएको छ । यसमध्ये एकमुष्ट पुनरकर्जा ९२ अर्ब ३५ करोड रुपैयाँ, ग्राहक मूल्यांकनका आधारमा ४५ अर्ब ८४ करोड रुपैयाँ र लघुवित्त संस्थामार्फत् १० अर्ब २३ करोड रुपैयाँ पुनर कर्जा प्रवाह भएको राष्ट्र बैंकले वताएकाे छ ।

ककसले कति पुनरकर्जा पाए ?
राष्ट्र बैंकले वर्गीकरण गरेको कोभिड प्रभावित क्षेत्रमा पर्यटन क्षेत्र अति प्रभाव परेकाे छ । सोही पर्यटन क्षेत्रका १ सय ४९ वटा होटल, रेस्टुराँ तथा रिसोर्टले ग्राहक ऋणी मूल्यांकनको आधारमा ६ महिनाका लागि ३ प्रतिशत ब्याजदरमा पुनरकर्जा पाएका हुन् । राष्ट्र बैंकले यस्तो पुनरकर्जा पुनः १ पटकका लागि ६ महिना थप गरी नवीकरण गर्न पाउने व्यवस्था गरेको छ ।

पुनरकर्जा उपयोग गर्ने होटल, रेस्टुराँ तथा रिसोर्टमध्ये ४४ वटाले २० करोड रुपैयाँ, ४५ वटाले १० करोड रुपैयाँदेखि २० करोड रुपैयाँसम्म र ४४ वटाले ५ करोड रुपैयाँदेखि १० करोड रुपैयाँसम्म र १६ वटाले ५ करोड रुपैयाँभन्दा थोरै पुनरकर्जा लिएकाे राष्ट्र बैंकले वताएकाे छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री