काठमाडौँ । भारतमा दैनिक कोरोना संक्रमण हुनेको संख्या घटिरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ८५३ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा ४६ हजार ६१७ संक्रमित भएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोनाबाट ४ लाख ३१२ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म कुल संक्रमित संख्या ३ करोड ४ लाख ५८ हजार २५१ पुगेको छ भने अहिले भारतमा ५ लाख ९ हजार ६३७ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५९ हजार ३८४ संक्रमण मुक्त भएका छन् । भारतमा अहिलेसम्म २ करोड ९५ लाख ४८ हजार ३०२ संक्रमण मुक्त भएका छन् । त्यसैगरी भारतमा अहिलेसम्म ३४ करोड ७६ हजार २३२ जनाले कोरोनाको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकरी दिएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ४१ करोड ४२ लाख ५१ हजार ५२० नमुना परिक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १८ लाख ८० हजार २६ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।




